२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ

अ+ अ-

काठमाडौँ । भारतीय प्रहरीले ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ लेबल गरिएको भाडाको कार्यालयबाट प्रहरीको भेषमा ‘चन्दा’ असुलेको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।

‘प्रहरी जस्तै रङ र लोगो’ ले सजाइएको कार्यालयबाट सञ्चालित ‘अन्तर्राष्ट्रिय प्रहरी र अपराध अनुसन्धान ब्युरो’ नयाँ दिल्लीको स्याटेलाइट सहर नोएडामा अवस्थित रहेको प्रहरीले आइतबार राति एक विज्ञप्तिमा बताएको छ ।

प्रहरीका अनुसार अभियुक्तहरूले नक्कली कागजात र प्रमाणपत्रहरू बनाएका थिए र पीडितहरूबाट ‘चन्दा’ माग्ने वेबसाइट चलाएका थिए । उनीहरूले आफ्नो ‘इन्टरपोल’ र अन्य अन्तर्राष्ट्रिय अपराध एकाइहरूसँग सम्बद्धता रहेको दाबी गरेका थिए ।

“अपराधीहरूले आफूलाई सरकारी कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए”, प्रहरीले भन्यो । प्रहरीले धेरै मोबाइल फोन, चेकबुक, स्ट्याम्प सिल र परिचय पत्रहरू बरामद गरेको छ ।

नयाँ दिल्ली नजिकैको भाडाको घरबाट नक्कली दूतावास चलाएको र विदेशमा रोजगारी दिने वाचा गरेर जागिर खोज्नेहरूलाई पैसा ठग्ने आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको केही हप्तापछि यो पक्राउ गरिएको हो ।

अभियुक्तले अवैध ‘पश्चिम आर्कटिक दूतावास’ सञ्चालन गरिरहेको थियो र ‘पश्चिम आर्कटिका, सबोर्गा, पोल्भिया, लोडोनिया’ लगायत काल्पनिक राष्ट्रहरूको राजदूत भएको दाबी गरेको थियो ।