काठमाडौँ । पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् ।
कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् ।
नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन सुरु गरेका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए ।
नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको छ । आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाउँदै आएका छन् ।







