२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । 

उनले आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटनपश्चात् आयोजित समारोहलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।

मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । कसैलाई जोरजबर्जस्तीबाट फसाउने काम नहोस् न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्ने उल्लेख गर्दै उनले राणा शासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम नहोस् भने। 

प्रधानमन्त्री ओलीले भने, “त्यस समयमा शासन सत्ता जोगाउनका लागि झुटो आरोप लगाउने कार्य हुन्थ्यो । अहिले मुलुकमा केही तत्त्वहरूले अराजक फैलाउने कार्य गरिरहेको तथा आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने तथा देशमा अराजक गतिविधिको काम गरेकाले त्यसबाट सतर्क एवं सजग हुनुपर्छ ।”

समाजमा अराजक फैलाउने तत्त्वहरूको मुलुकमा लोकतन्त्र ल्याउनका लागि कुनै योगदान नरहेको समेत विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले झुटो बोल्ने तत्त्वहरूलाई समाज तथा राष्ट्रले सजाय दिनुपर्नेमा जोड दिए। उनले जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट मुलुकमा लोकतन्त्र आएकाले लोकतन्त्रको सुरक्षा तथा दिगो बनाउन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, “नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्ने काम गरिरहेको छ, त्यस्तै नेपाल प्रहरीले आफ्नो योग्यता तथा दक्षताको माध्यमबाट जनतालाई इमान्दारीपूर्वक जनताको सुरक्षा तथा सेवा गर्नुपर्छ ।” देशमा बढ्दो आपराधिक क्रियाकलाप, चोरी र डकैती, लागुऔषधको प्रयोग तथा सीमा क्षेत्रमा हुने विभिन्न चोरी, तस्करी, अवैध रूपमा हुने मानव ओसारपसार रोक्न तथा राजस्व चुहावट नियन्त्रण गर्न चुनौती भएकाले त्यसलाई रोक्नका लागि प्रहरी संगठन इमान्दारीकासाथ गम्भीरतापूर्वक लाग्नुपर्नेमा उनको जोड थिए।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संयुक्त प्रयासबाट निर्माण भएको वर्तमान सरकारले देशमा स्थिरता तथा शान्ति सुरक्षा एवं सुशासन दिने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने र जनतालाई छिटोछरितो रूपमा सेवा दिनेतर्फ प्रहरीले जोड हुनुपर्ने बताए । 

उनले नेपाल प्रहरीलाई समयसापेक्ष भौतिक सुविधाले सम्पन्न गराउनेतर्फ मधेस प्रदेश सरकारले यो भवन निर्माण गरेकामा खुसी व्यक्त गरे ।