काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन् ।
मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
प्रमुख सचेतक कञ्चनचन्द्र बादे आज शुक्रबार सामाजिक विकास मन्त्री बनेपछि उनको ठाउँमा महर्जनलाई नियुक्त गरिएको संसदीय दलका सदस्य सचिव मदनकृष्ण महर्जनले जानकारी दिए ।
नेता बानियाँले काभ्रेका बादेलाई गत २३ साउनमा मात्रै प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।
सत्तारुढ दलका प्रमुख सचेतकलाई राज्यमन्त्री सरह सुविधा हुनेछ ।
हाल प्रमुख सचेतक नियुक्त महर्जन ७ जेठ २०८० मा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा पर्यटन, उद्योग तथा सहकारी मन्त्री भएका थिए ।







