सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिका-८ चाँदनी चोक नजिक चन्द्र नहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ । कञ्चनरुप-७ बालुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्र नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
चन्द्र नहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन भने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।







