२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउनमै २४ अर्ब १० करोड एफडीआई स्वीकृत

अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मै २४ अर्ब १० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार साउनमा अटोमेटिक रुटबाट ८१ र अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएको देखिएको छ । यसमध्ये अटोमेटिक रुटबाट आउने लगानी प्रतिबद्धता साना उद्योगमा केन्द्रित छ । ८१ उद्योग दर्ता भएकोमा लगानी प्रतिबद्धता मात्र ७३ करोड ३० लाख रुपैयाँको मात्र आएको छ ।

अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएकोमा २३ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा मात्र १ सय २७ उद्योग दर्ता भएका छन् । यससँगै नेपालमा कुल एफडीआई प्रतिबद्धता ६ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख १२ हजार १ सय ५ रुपैयाँ पुगेको छ ।

कुल ७ हजार ३ सय ६६ उद्योग दर्ता भएका छन् । साउनमा मात्र दर्ता भएका उद्योगले ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको देखिएको छ ।

साउनमा दर्ता भएका उद्योगमध्ये साना १ सय २५ र ठूला २ छन् । मझौला प्रकृतिका उद्योग दर्ता भएका छैनन् । यसरी आएको लगानी प्रतिबद्धतामध्ये कृषिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । कृषिमा कुल ३ उद्योगमा २० अर्ब बराबर लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले साउनमा भैँसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत गरेको थियो । जसले गर्दा एफडीआई ह्वात्तै बढेको पाइएको छ ।

यो उद्योगमा प्रतिबद्धता प्राप्त लगानी कार्यान्वयन भए नेपालबाट ठूलो मात्रामा भैँसीको मासु निर्यात हुनेछ । कृषिबाहेक पर्यटन, सूचना प्रविधि, सेवा, उत्पादन र ऊर्जामा लगानी प्रतिबद्धता आएको देखिएको छ । संख्यात्मक हेर्दा सूचना प्रविधिमा ७१ र पर्यटनमा ४१ उद्योग दर्ता भएका छन् ।