२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी-‘अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिए । पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उनले पार्टीमा बहुपदीयको अर्थ बहु गुट नभएको स्पष्ट पारे । पार्टीको दोस्रो विधान महाधिवेशनबाट विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसलाई वर्तमान सन्दर्भमा थप परिष्कृत गर्ने र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने विषयलाई थप गरिने उल्लेख गरेका छन्।

“अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छौँ”, महासचिव पोखरेलले भने, “हामीले ल्याउने समाजवाद नेपाली विशेषतामा आधारित हुने वैज्ञानिक समाजवादबारे प्रस्ट्याउने छौँ ।”

विषयवस्तुको गहिराइलाई बुझेर त्यसमा छलफल र बहस गर्दा विचारमा एकरूपता ल्याइ पार्टीलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उनले उल्लेख गरे । लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको धारणा राख्दै महासचिव पोखरेलले राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने बताए। अहिले पार्टी र पार्टी नेतृत्वका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउँदै उनले भने, “एमालेको सबैभन्दा चर्को विरोध एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन् ।” 

नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङको अध्यक्षतामा भएको पार्टी जिल्ला कमिटी बैठकमा एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, सूर्य ढकाल, दिपा शर्मा, मोहम्मद हारुन हलवाईलगायतका नेताले आआफ्नो धारणा राखेका थिए।