२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरितालिका तीज पर्वको दर: कर कि रहर ? 

अ+ अ-

हरितालिका तीज हिन्दु नारीहरूको प्रमुख धार्मिक एवं सांस्कृतिक पर्व हो। यसको धार्मिक कथा हिमालय कन्या पार्वती र भगवान् शिवसँग सम्बन्धित छ। पुराण अनुसार पार्वतीले कठोर व्रत बसेर शिवलाई वरका रूपमा प्राप्त गरेकी थिइन्। स्त्रीहरूको दृढ सङ्कल्प, श्रद्धा र प्रेमकै कारण यो पर्वलाई नारी शक्ति र भक्ति शक्तिको प्रतीकका रूपमा व्याख्या गरिन्छ। नेपालमा तीज पर्वको प्रचलन शताब्दीयौँदेखि रहेको पाइन्छ। प्रारम्भमा यो पर्व भगवान् शिव र पार्वतीको अटुट सम्बन्ध, श्रद्धा र प्रेमसँग गाँसिएको धार्मिक साधना मात्र थियो, जसले स्त्रीलाई संयम, आत्मबल र परिवारमा समर्पणको शिक्षा दिइन्थ्यो।

तीजको मूल गरिमा श्रद्धा, समर्पण र आत्म संयम हो। यस दिन व्रत बसेर भगवान् शिव̶पार्वतीको पूजा गर्ने प्रचलन छ, जसलाई वैवाहिक जीवनको स्थायित्व र सौभाग्य प्राप्त गर्ने माध्यम मानिन्छ। तीज केवल पति प्राप्ति वा पति दीर्घायुको कामना मात्र होइन, यो नारी आत्मबल र सामाजिक एकताको प्रतीक हो।

तीजले नारीलाई माइती जाने अवसर, आत्मीयता बाँड्ने समय र सामूहिक खुसीको क्षण प्रदान गर्दछ। लोकगीत, नृत्य र सामूहिक पूजापाठमार्फत तीजले सामाजिक एकता, सांस्कृतिक अभिव्यक्ति र भावनात्मक सन्तुलन ल्याउँछ।

समयसँगै तीजको स्वरूपमा पनि परिवर्तन आएको छ। पहिलेको तीज संयम, श्रद्धा र सादगीमा केन्द्रित थियो। अहिले तीज मदिरा  र माछा मासु सहितको भेला, दर भोज, रौनक र भव्यतामा केन्द्रित बन्दै गएको छ। परम्परागत रूपमा “दर” सात्त्विक  परिकार ढकनी, खिर, अचार, तरकारी, सेल रोटी ,दूध, दही, मोही, फलफूल, मिठाई आदि खाने चलन थियो, जसले महिलालाई व्रत बस्ने तयारीमा सशक्त बनाउँथ्यो। तर अहिले “दर” भोज–भतेर, मोटो खर्च र प्रतिस्पर्धामा परिणत हुँदै गएको छ। तीजले अहिले नारी चेतना, महिला अधिकार र सामाजिक सन्देश पनि दिने अवसर पाएको छ। केही ठाउँमा तीजका गीतहरूले दहेज प्रथा, घरेलु हिंसा, असमानता विकृति, विसङ्गति र भ्रष्टाचार विरुद्ध आवाज उठाएका छन्। यसरी तीज अब केवल धार्मिक पर्व नभई सामाजिक आन्दोलन र महिला सशक्तीकरणकालागि सांस्कृतिक मञ्च समेत बन्न थालेको छ। 

दर : कर कि रहर ?
“दर” मूलतः रहर थियो, धार्मिक व्रतलाई सहज बनाउनको लागि। तर आजकल: प्रतिस्पर्धा, देखावटी र सामाजिक दबाबका कारण “दर” धेरैलाई कर जस्तो बोझ बन्दै गएको छ। खर्चिलो भोज, होटेल पार्टी, महँगा लुगा गरगहनाले तीजको आध्यात्मिक महत्त्व ओझेलमा पारेको छ। आर्थिक हैसियतभन्दा बाहिरको दर भोजले कतिपय परिवारलाई सामाजिक र आर्थिक दबाब दिने गरेको छ।  यसको साथै सकारात्मक पक्ष पनि छ । “दर” अझै पनि आत्मीयता बाँड्ने, माइतीसँग भेटघाट गर्ने र खुसी साट्ने सांस्कृतिक रहर हो। यदि सादगी, मर्यादा र आत्मीयतामा सीमित राखियो भने, दर पर्वको सौन्दर्य बढाउने साधन बन्न सक्छ।

हरितालिका तीज हिन्दु नारीहरूको श्रद्धा, शक्ति र संस्कृतिको अनुपम प्रतीक हो। यसको ऐतिहासिक मूलभूत उद्देश्य समर्पण, संयम र सौभाग्य प्राप्ति हो। तर आधुनिकतासँगै यसको स्वरूप बदलिँदै गएको छ। कतै सामाजिक चेतना र नारी सशक्तीकरणको मञ्च बन्दै छ भने कतै आर्थिक बोझ र देखावटी प्रतिस्पर्धामा डुब्दै छ।

त्यसैले, तीजको वास्तविक गरिमा जोगाउन हामीले “दरलाई रहरमा सीमित राखी करमा परिणत हुन नदिने” सङ्कल्प गर्नैपर्छ। तीजलाई केवल भोज-भतेरको पर्व नभई सदाचार, संस्कार र सामाजिक एकताको पर्वका रूपमा अघि बढाउनु हाम्रो सामूहिक जिम्मेवारी हो।

तीज मूलतः धार्मिक र सांस्कृतिक पर्व भए पनि नेपाली समाजमा राजनीति र समाजबीचको सम्बन्ध अत्यन्तै निकट भएकाले यसलाई राजनीतिक क्षेत्रले पनि आ-आफ्नो तरिकाले प्रयोग गरेको पाइन्छ। राजनीतिक दल र नेताहरूको दृष्टिमा तीज तीजमा आयोजित भेला, दर कार्यक्रम वा नृत्य, गीतका अवसरलाई नेताहरूले कार्यकर्ता र जनतासँग जनसम्पर्कको सजिलो मौकाका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ। नेताहरूले तीजको सन्देशलाई महिला सशक्तीकरण, समान अधिकार र लैङ्गिक न्यायसँग जोडेर आफ्ना राजनीतिक नाराहरूलाई लोकप्रिय बनाउन खोज्नु दलिय व्यवस्थामा अनौठो कदापी होइन।तीजमा गाइने गीतहरूलाई कतिपय नेता तथा कार्यकर्ताहरूले सामाजिक अन्याय, भ्रष्टाचार, दमन र नारी अधिकारका विषयमा राजनीतिक अभिव्यक्तिको साधनका रूपमा प्रयोग गर्दा समाजमा सामाजिक चेतनामा बढोत्तरी देखिन्छ।

राजनीतिक एक पक्षले तीजलाई संस्कार, परम्परा र सदाचारको पर्व भनी व्याख्या गर्दै “संस्कृति जोगाऔँ” भन्ने नारा लगाउँछन्। अर्को पक्षले तीजलाई महिला अधिकार र समानताको आन्दोलनसँग जोडेर परम्परागत “पति केन्द्रितता”लाई चुनौती दिने अवसरको रूपमा प्रस्तुत गर्दछन्। यसरी तीज सांस्कृतिक पर्व मात्र नभई राजनीतिक रूपमा चेतना फैलाउन बहस र विमर्शको विषय पनि बन्न पुगेको छ।

यसबाट नेपाली समाजमा तीज पर्वको सकारात्मक प्रभावले महिला मुद्दा र लैङ्गिक समानता सार्वजनिक बहसमा ल्याउन मद्दत गर्दै छ भने महिला समूहहरू तीजकै अवसरमा भेला भएर घरेलु हिंसा, दहेज, असमानता, विकृति विसङ्गति र भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालेका छन्। यसले नारीलाई केवल धार्मिक साधक नभई राजनीतिक र सामाजिक नेतृत्व र क्षमता विकासमा सामाजिक परिवर्तनको संवाहकका रूपमा चित्रित गर्दै छ।भने तीजलाई राजनीतिक प्रचार–प्रसारको साधन बनाएर यसको मौलिक धार्मिक–सांस्कृतिक गरिमा ओझेलमा पर्न थालेको त छैन भन्ने प्रश्न पनि खडा गरेको छ। नेताहरूले “दर” भोज वा भव्य कार्यक्रमलाई राजनीतिक भेलामा परिणत गर्दा सामान्य महिलामा प्रतिस्पर्धा, खर्च र देखावटी संस्कृतिको दबाब बढेको छ।

तीजमा गाइने गीतहरू अत्यधिक राजनीतिकरण हुँदा लोक, सांस्कृतिक सौन्दर्य र परम्परागत भक्ति पक्ष कमजोर बन्न थालेको छ। तीजलाई राजनीति क्षेत्रले महिला चेतना र अधिकारसँग जोड्नु निश्चित रूपमा सकारात्मक पक्ष हो। तर यसको अत्यधिक आधुनिकीकरणे वास्तविक धार्मिक, सांस्कृतिक पक्षलाई कमजोर पार्दै, भोजभतेर र देखावटी प्रतिस्पर्धा बढाएको छ। एकातिर महिलाको आवाज सार्वजनिक हुँदै गएको छ। अर्कोतिर तीजको आध्यात्मिकता र मौलिक संस्कार बिस्तारै क्षीण हुँदै गएको छ। तीजलाई केवल भोजभतेरको पर्व होइन, सदाचार र सामाजिक एकताको पर्व बनाउन हाम्रो जिम्मेवारी छ भने, राजनीति क्षेत्रले यसलाई सशक्त महिला आन्दोलनको सांस्कृतिक आधारका रूपमा लिनुपर्छ, न कि केवल प्रचारप्रसारको मञ्चका रूपमा।

अन्त्यमा, हरितालिका तीज हिन्दु नारीको श्रद्धा, संस्कार र सामाजिक एकताको प्रतीक हो। यसको ऐतिहासिक जरा भक्ति र संयममा गाडिएको छ भने आधुनिकताले यसलाई महिला चेतना, अधिकार र सामाजिक न्यायको आवाज बनाएको छ। दर संस्कृतिमा देखिएका देखावटीपन र राजनीतिक प्रयोगका नकारात्मक पक्ष हुँदाहुँदै पनि तीजले महिलाबीच आत्मीयता बढाएको, समाजलाई एकताबद्ध पारेको र असमानताविरुद्ध बोल्ने सांस्कृतिक मञ्च दिएको छ। त्यसैले, तीजलाई केवल भोजभतेरमा सीमित नगरी सदाचार, संस्कार, नारी सशक्तीकरण र सामाजिक एकताको पर्वका रूपमा अघि बढाउनु हाम्रो सामूहिक जिम्मेवारी हो।