काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृषिमा देखिएको बेवास्ता र किसानको पीडाबारे गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने समयमा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दुध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुको भुक्तानी कहिले नपाउने, कहिले अनुदान कटौती गरिने जस्ता समस्याबीच खाद्यान्नमा आत्मनिर्भरता सम्भव नहुने स्पष्ट छ ।
उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर वा भाषणमा मात्रै बोल्ने अभ्यासले समाधान नहुने भन्दै व्यावहारिक कदम आवश्यक रहेको बताए ।
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्तै दु:खद अवस्था भएको उल्लेख गर्दै उनले किसानका माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।







