२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पाण्डेले भने-‘पर्वतारोहण संघविना पर्वतारोहण सम्भावना छैन’ 

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघविना नेपालमा  पर्वतारोहणको सम्भावना नहुने बताएका छन् ।

मन्त्री पाण्डेले अध्यक्ष फुर्वागेल्जे शेर्पासहित नवनिर्वाचित कार्यसमितिलाई  बधाई दिँदै यस्तो बताएका हुन् । मन्त्री पाण्डेले संघमा एक पटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक भएको बताए ।

अधुरा परियोजना पूरा गर्न र पर्वतारोहणसँग सम्बन्धित क्षेत्रमा अझ प्रभावकारी काम गर्न आग्रह गरे । उनले पोखरामा रहेको पर्वतारोहण संग्रहालयलाई अत्याधुनिक र विदेशी पर्यटक समेतको चासोको केन्द्र भएको उल्लेख गर्दै यसको थप उन्नयनमा जोड दिए ।

नेपालका हिमालमा आरोहण सहज बनाउन सरकारले पछिल्लो पटक ९७ हिमालमा दुई वर्षका लागि रोयल्टी छुटको व्यवस्था गरेको र नयाँ ५७ हिमाल आरोहणका लागि खोलिएको जानकारी दिए ।

निषेधित क्षेत्र हटाउने र सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म वैकल्पिक बाटो बनाउन छलफल भइरहेको समेत मन्त्री पाण्डेले बताए ।

नवनिर्वाचित अध्यक्ष शेर्पाले नयाँ कार्यसमिति पर्यटन क्षेत्र सुधार र पर्वतारोहण प्रवर्द्धनमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनले हिमाल आरोहणका लागि थप प्रशिक्षण आवश्यक रहेकोमा जोड दिँदै दैनिक बिदेसिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा लेखक दावाटाशी शेर्पाले ‘शेर्पा’ नामक पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तकमा सन् २०१४ मा १६ जना पर्वतारोहणकर्ताले ज्यान गुमाएको घटनाको उल्लेख गरिएको छ, जसमा लेखक स्वयंमात्र बाँच्न सफल भएका थिए ।