२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश थापालाई फुटबलका गतिविधिबाट रोक लगाउने एन्फाको निर्णय अदालतद्वारा खारेज

अ+ अ-

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको छ । उच्च अदालत पाटनले उक्त निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज गरिदिएको हो ।

एन्फाको अनुशासन समितिले २०८२ वैशाख ४ मा र सदाचार समितिले वैशाख १६ मा विधानको धारा २४ (३) ङ अनुसार भन्दै थापालाई कुनै पनि फुटबलका गतिविधिमा भाग लिन बन्देज गरेको थियो । तर, उच्च अदालतले भने फिफाको कारवाही भोगिसकेको हुँदा थापामाथि सोही विषयमा पुन कारवाही हुन नसक्ने प्रष्ट पारेको छ ।

न्यायाधीश मुनिन्द्रराज अवस्थिले गरेको फैसलामा भनिएको छ, ‘एकै विषयमा दुई पटक सजाय गर्न नमिल्ने भन्ने सिद्धान्त रहेको परिप्रेक्षमा निवेदकलाई फिफाले गरेको कारवाहीमा पुन कारवाही गरी निज निवेदक गणेश थापा भविष्यमा फुटबल गतिविधिमा सहभागी हुनबाट रोक लगाएको अवस्था मिसलबाट देखिन्छ । एउटै विषयमा पटक पटक कारवाही गर्न नसकिने प्राङ्न्यायको सिद्दान्तसमेत बाट पुन कारवाही गर्न मिल्ने देखिँदैन ।’

थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारवाही नगर्नु र नगराउन अदालतले एन्फाका नाममा आदेश जारी गरेको छ ।

पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश विपरीत गत वैशाख २६ गते एन्फाको साधारण सभामा प्रवेश गर्न नदिइएकोमा थापाले अदालतको अवहेलाको रिट हालेका थिए । उक्त रिट भने उच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेपछि थापाले सर्वोच्च जाने निर्णय लिएका छन् ।