२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनको दाबी : ‘नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो’

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलस्रोतमा नेपालमा २० वर्षदेखि एउटै नीति रहेकोले आज नेपाल लोडसेडिङ मुक्त भएको दाबी गरेका छन् ।

‘प्रश्न उठ्ने गर्दछ, नेपालमा नीतिगत निरन्तरता छैन भनेर तर एउटै क्षेत्र हो, ऊर्जा क्षेत्र, खास गरी जलविद्युतको क्षेत्रमा, नवीकरणीय ऊर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ’ उनले भने, ‘झन्डै दुई दशकदेखि एउटै नीति छ ।’

उनले थपे, ‘नीतिगत निरन्तरताकै परिणाम कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, त्यो अन्त्य भयो । छिमेकमा निर्यात गर्दै आएका थियौँ । अहिले हामी ऊर्जा क्षेत्रमा आत्मनिर्भर भएका छौँ ।’

यसअघि ऊर्जा र अर्थ मन्त्रालय सम्हालिसकेका नेता पुनले नेपालमा नदी प्रवाहित आयोजनाहरू बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि बताए ।

‘हाम्रा नदी प्रवाहित आयोजनाहरू बढी छन् । अहिले पनि हामी हिउँदमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । कुनै न कुनै किसिमले हामीले जलाशययुक्त आयोजनामा जानुपर्ने हुन्छ,’ उनले भने ।

उपमहासचिव पुनले उत्पादित विद्युत् बिक्रीको लागि बजारको समस्या नरहेको बताए ।