२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

अ+ अ-

काठमाडौँ । बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार भारतसँग जोडिएका दोधारा-चाँदनी, पुनर्वास, बेलौरी, बेलडाँडी र भीमदत्त नगरपालिकाका– ९ र १० मा विशेष सतर्कता अपनाइएको छ ।

‘पक्षी तथा पक्षीजन्य पदार्थ सीमापार व्यापार गर्न नपाइने व्यवस्था गरिएको छ’, उनले भने, ‘यदि अवैध रूपमा ल्याइएमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कानुनी कारबाही हुन्छ ।’

बर्डफ्लू नियन्त्रण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले सीमावर्ती नाका हुँदै पक्षी तथा पक्षीजन्य सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

साथै, किसान, व्यापारी, आपूर्तिकर्ता, जनप्रतिनिधि र स्थानीय तहलाई सचेतना कार्यक्रममार्फत जानकारी गराउने तयारी गरिएको छ ।

भट्टका अनुसार, रोकथामका लागि भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाइन कार्यालय र सुरक्षा निकायका टोलीले आकस्मिक अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

बर्डफ्लू सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् । गम्भीर अवस्थामा निमोनिया, स्वासप्रश्वासको समस्याले बिरामीको मृत्युसमेत हुनसक्छ । (रासस