२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा भीषण बाढी : पन्जाबमा ३३ जनाको मृत्यु, लाखौं प्रभावित

अ+ अ-

स्लामाबाद(पाकिस्तान) । पाकिस्तानको पूर्वी प्रान्त पन्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । पञ्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई करोडभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् ।

बाढीको जोखिमका कारण करिब पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबका प्रमुख नदीहरूको आसपासका ग्रामीण क्षेत्रहरूमा डुबान बढिरहेकाले उद्धार र राहत कार्य अझै तीव्र गतिमा जारी रहेको छ । उद्धारका लागि आठ सयभन्दा बढी डुङ्गा र एक हजार तीन सयभन्दा बढी उद्धारकर्मी खटाइएको जनाइएको छ ।

प्रान्तका तीन ठूला नदीहरूमा अहिले पानीको सतह खतरा सीमाभन्दा माथि पुगेको छ । प्रभावितहरूका लागि विभिन्न स्थानमा अस्थायी राहत शिविर स्थापना गरिएको छ, जहाँ खाद्यान्न, आवास र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, जुन २५ गतेदेखि लगातार भइरहेको वर्षा र बाढीका कारण देशभर हालसम्म ८५४ जनाको मृत्यु भइसकेको छ भने एक हजार १३० जना घाइते भएका छन् ।