काठमाडौँ । जेन जेड आन्दोलन हिंसात्मक बन्दै गएपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार साँझ ५ बजे सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बस्नेछ ।
प्राप्त जानकारी अनुसार पहिलो चरणमा दुई महामन्त्री र सभापतिबीच छलफल हुनेछ भने बाँकी नेताहरू उपस्थित भएपछि दोस्रो चरणमा विस्तृत छलफल अघि बढाइनेछ ।
महामन्त्रीहरूले सामाजिक सञ्जाल तत्काल खोल्नुपर्ने लगायतका विषयमा सभापतिको ध्यानाकर्षण गराउने तयारी भएको बताइएको छ ।







