२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसकै नेता कार्यकर्ताले मागे गृहमन्त्रीको राजीनामा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

जेन जेडले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौँ घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।

केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरूको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।’

गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै काँग्रेसका कार्यकर्ताहरूले राजीनामा माग गरेका छन् । नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री लेखक प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भएको बताएकी छन्।

ढकालले प्रधानमन्त्री ओलीलाई तानाशाहीको संज्ञा दिँदै काँग्रेस सरकारबाट बाहिरिनुपर्ने विचार राखिन्। ‘कुनै भवनको पर्खालको सुरक्षा कयौँ मानिसहरूको ज्यान भन्दा महत्त्वपूर्ण होइन,’ ढकालले भनिन्, ‘तिमीहरूको निकम्मापनले आज कालो इतिहास लेखिएको छ। गृहमन्त्री ओली सरकारको तानाशाहीको सहयोगी बनेका छन्। नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट काँग्रेस तुरुन्त बाहिरिनुपर्छ।’

अर्का नेता व्रितान्त खनालले सरकारबाट बाहिरिन माग राखे। प्रदर्शनमा भएको दमनप्रति आक्रोशित खनालले सरकारबाट काँग्रेस तुरुन्त फिर्ता हुन माग राखे। पार्टीलाई खनालले भने, ‘अझै हेरेर बस्ने भए, हामी काँग्रेसमा आन्दोलन घोषणा गर्छौँ ।’

नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधीको संज्ञा दिएका छन्।

शाही भन्छन्, ‘यो अपराधी सरकारको साक्षी बस्नेहरू अपराधीबाहेक केही हुन सक्दैनन्। हाम्रा बच्चालाई यसरी मार्ने अपराधीहरूलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन। यो आन्दोलन अब हाम्रा बच्चाहरूको मात्र होइन हाम्रो पनि हो। पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनको मैदानमा हुनेछौँ।’