काठमाडौँ । जेन जेड युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् ।
उनीहरूले सिंहदरवारसहित सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् ।
सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते छन् ।







