काठमाडौँ । लोक सेवा आयोगले मुलुकमा जेन जेड आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न मितिमा तोकिएका सम्पूर्ण लिखित परीक्षा र अन्तर्वार्ता कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
आयोगका अनुसार, केन्द्रीय कार्यालय र अन्तर्गतका कार्यालयबाट सञ्चालन हुने सबै परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम हालका लागि स्थगित गरिएको छ।
आयोगले परीक्षार्थीहरूलाई आगामी अपडेट र नयाँ तालिका सम्बन्धमा आयोगको आधिकारिक सूचना माध्यममार्फत जानकारी गराइने पनि जनाएको छ।







