काठमाडौँ । मंगलबार जेन जेड आन्दोलनका बेला सिंहदरवारभित्र ठूलो भौतिक क्षति भएको छ । यसमध्ये शहरी विकास मन्त्रालय र मातहत ५० सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ ।
मन्त्रालयका अनुसार अहिले क्षतिको आकलन गर्ने काम भइरहेको छ ।
प्रारम्भिक अनुमान अनुसार मन्त्रालय परिसरमा रहेका कम्तीमा १० र बाँकी सवारीसाधन मन्त्रालय मातहत विभागहरूका सवारीसाधनमा सोही बराबर क्षति पुगेको हो ।
पूरै सिंहदरवारभित्रको क्षतिको आकलन भने कुनै एक सरकारी निकायले राख्ने गरेको छैन । सोही कारण अहिलेसम्म के कति क्षति भयो भन्ने निश्चित भइसकेको छैन ।







