२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी, नेपाली सेनाको सन्देश-‘जनजीवन सहज बनाउन सीमित समय खुल्ला’

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला-काठमाडौँ, ललितपुर र भक्तपुरमा केही दिनयता जारी निषेधाज्ञा र कर्फ्यू लागू गरिएको छ। नेपाली सेनाले जनतासमक्ष सन्देश जारी गर्दै भाद्र २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू निरन्तर रहने जानकारी दिएको हो।

सेनाले अत्यावश्यक सेवाका सवारी तथा संघसंस्थाहरू भने सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ। साथै, जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तुहरूको व्यवस्थापनका लागि भाद्र २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म बजार खुला राखिने बताइएको छ।

तर सेनाले ती समयावधिमा पनि स-सानो समूहमा मात्र कार्य गर्न र भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

उपत्यकामा जारी भइरहेको जनआन्दोलन, प्रदर्शन र हालैका हिंसात्मक गतिविधिका कारण सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जनाइएको छ।

जेन जेड समूहको दुई दिने आन्दोलनपछि उथलपुथलमा परेको देशको राजनीतिसँगै शान्ति–सुरक्षामा थपिएको चुनौतीलाई मध्यनजर गर्दै सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ।