२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख र राष्ट्रिय सभा अध्यक्ष संयुक्त वक्तव्य: आन्दोलनरत पक्षसँग वार्तामार्फत निकास खोज्न आग्रह

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाकासभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले हालैको जेन जेड आन्दोलनका क्रममा भएको जनधनको क्षतिले स्तब्ध बनाएको बताएका छन् ।

संयुक्त वक्तव्यमा आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरू र कर्तव्य निर्वाहका क्रममा प्राण आहुति दिने प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई विशेष आग्रह गरिएको छ ।

भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालयलगायत विभिन्न सरकारी कार्यालय, आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेजमा आगजनी र तोडफोड भएको प्रसङ्गमा सभामुख घिमिरे र अध्यक्ष दाहालले गहिरो दुःख व्यक्त गरेका छन् । वक्तव्यमा संघीय संसद भवनसहित देशभर भएको तोडफोड र आगजनीले अपुरणीय क्षति पुर्‍याएको उल्लेख छ ।

“देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ,” वक्तव्यमा उल्लेख छ ।

दुवै शीर्ष संसदीय पदाधिकारीले विधिको शासन र संविधानवादबाट बाहिर नजानुपर्नेमा जोड दिँदै आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ बलियो, उन्नत र समृद्ध लोकतन्त्रका लागि सबैलाई प्रतिबद्ध हुन अपिल गरेका छन् ।