काठमाडौँ । एसीसी एसिया कप टी-२० प्रतियोगिता छैटौँ खेलमा आज विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल नेपाली समय अनुसार साँझ ८ : १५ बजे युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई इन्टरनेशनल रंगशालामा सुरु हुनेछ । दुवै टोली लगातार दोस्रो जितका साथ सुपर-४ को यात्रा सहज बनाउन चाहन्छन् ।
पहिलो खेलमा भारतले घरेलु टोली युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले हराउँदै विजयी सुरुवात गरेका थिए । समूह ए मा समान २ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।
भारत र पाकिस्तान आन्तरिक राजनीतिको कारण पछिल्लो एक दशकदेखि आइसिसी र एसिसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् ।







