काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूलाई व्यक्तिगत कामका लागि आफ्नो घरमा नआउन निर्देशन दिएका छन्।
सोमबार अर्थमन्त्री खनालले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कर्मचारीहरूसँगको बैठकमा सरकारी कामका लागि आफू सधैँ उपलब्ध रहने बताए । उनले भने, “व्यक्तिगत काम लिएर बिहान–साँझ घरमा नआउनुस्। तपाईँहरूले मेरो घर नदेखे म धेरै खुसी हुनेछु।”
पछिल्लो ४६ वर्षदेखि सिंहदरबारमा आइरहे पनि यति ठूलो क्षति पहिलो पटक देखेको बताए। प्रदर्शनका कारण सिंहदरबारमा भएको क्षतिको व्यवस्थापनका लागि उनले चाँडै भग्नावशेष हटाइ भित्तामा रंगरोगन गर्ने निर्देशन दिएका छन्।
उनले भने, “भग्नावशेष हटाइ कालो भित्तालाई छिटो रंगरोगन गरौँ। यसरी हामी ‘हामी खरानीबाट उठ्यौँ’ भन्ने सन्देश अर्थ मन्त्रालयबाटै दिऔँ।”
खनालले सरकारी सम्पत्तिमा भएको क्षतिको दायित्वसम्बन्धी पनि स्पष्ट पारे। उनले भने, “निजी सवारीमा भएको क्षतिको दायित्व बिमा कम्पनीले व्यहोर्ने भए पनि सार्वजनिक सम्पत्तिको बीमा नभएकोले यसका लागि स्रोत जुटाउनुपर्नेछ।”







