२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको जिकिर : ‘युवाहरूले धैर्य गरेको भए एमालेले नै उहाँहरूको आकांक्षा पूरा गर्थ्यो’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युवाहरूले धैर्य गरेको भए उनीहरूका आकांक्षा नेकपा (एमाले) ले नै पूरा गर्ने बताएका छन्।

गत भदौ २४ गते जेन जेड प्रदर्शनका च्यासलस्थित पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको क्षति अवलोकनका लागि गएका महासचिव पोखरेलले युवाहरूमा हुर्कँदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई संशोधन गर्न पार्टीले रोडम्याप समेत बनाइसकेको बताएका हुन्।

‘यहाँहरूलाई थाहा छ हामीले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर युवाहरूमा हुर्कँदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा लामो छलफल गरिकन निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार पारेका थियौँ। युवाहरूले धैर्यता गर्नु भएको भए, नेकपा एमालेले नै उहाँहरूका उहाँहरूका चाहना, आकांक्षा पूरा गर्ने पार्टीका रूपमा एमाले अगाडि आउँदै थियो। हामीले त्यस प्रकारका योजनाहरू, संकल्पहरू तयार गरेका थियौँ,’ उनले भने।

तर विडम्बना एमालेले ती योजनाहरू व्यवहारमा लागु गर्न नपाउँदै मुलुकमा दु:खद् घटना घटेको उनले बताए।

महासचिव पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताए।

‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो। शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान जानेछ। नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ,’ उनले भने।

सधैँभरि सडक जनमत प्राप्त गर्ने माध्यम हुन नसक्ने उनले बताए।

‘सडक जनमत प्राप्त गर्ने माध्यम हुनु पनि हुँदैन। एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाएनौँ भने मुलुक कहिले पनि समृद्धि र विकासको यात्रामा अघि बढ्न सक्दैन। समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन,’ उनले भने।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने बताएको छ।

महासचिव पोखरेलले भदौ २४ गतेको प्रदर्शन उग्र बन्दै नेकपा (एमाले) को पार्टी कार्यालयसहित नेता–कार्यकर्ताहरूको भौतिक सम्पत्तिमा क्षति पुर्‍याइएको बताए। उनले विध्वंसात्मक प्रदर्शनले खरानी बनाएको संरचनामाथि नै उभिएर एमालेले संविधान दिवस मनाउने पनि जानकारी दिए।

‘यसपटक हामी हाम्रो क्षतिग्रस्त संरचनाको खरानीमा उभिएर संविधान सभाले संविधान बनाउँदाको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौँ। ७७ जिल्लाका साथीहरूलाई निर्देशन जारी गरिसकेका छौँ। काठमाडौँ उपत्यकाका साथीहरूले पार्टी कार्यालयमा संविधान दिवसको आयोजना गर्नेछौँ,’ उनले भने।