काठमाडौँ । खोटाङमा एक महिलाको शव फेला परेको छ । दिप्लुङ चुइचुम्मा गाउँपालिका-४ २७ वर्षीया रस्मिता परिवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले प्रशासनलाई जानकारी दिए । उनका अनुसार सोमबार राति ११ बजे घर नजिकैको बाटोमा रस्मिताको शव फेला परेर स्थानीयहरूले खबर गरेपछि प्रहरीहरू त्यहाँ १२ बजे पुगेका थिए ।
अहिले घटनाबारे थप तथ्य संकलनका लागि जिल्ला प्रहरी कार्यालयबाट अतिरिक्त प्रहरी टोली परिचालन गरिएको छ । घटनास्थलको मुचुल्का संकलन गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ पठाउने प्रहरीको तयारी भइरहेको डिएसपी बुढाथोकीले बताए ।







