२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालय, आयोग र सचिवालयमा दरबन्दी २० प्रतिशत कटौती, अनावश्यक निकाय खारेज

अ+ अ-

काठमाडौँ । सचिव स्तरीय बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीहरू औसतमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। मंगलवार सिंहदरवारमा बसेको मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सम्पन्न सचिव स्तरीय बैठकले संशोधित दरबन्दी संरचना २०८२ असोज २० गतेभित्र मन्त्रिपरिषदमा पेश गर्ने तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

यससँगै अनावश्यक देखिएका सरकारी संरचना वा निकायलाई खारेज गर्ने, आवश्यकताअनुसार गाभ्ने तथा हस्तान्तरण गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।

बैठकले सिंहदरवार परिसरमा अनावश्यक प्रवेश पास खारेज गर्ने र अत्यावश्यक अवस्थामा मात्र नयाँ पास जारी गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, मन्त्रालय तथा सुरक्षा निकायको नियमित कार्यलाई सहज बनाउन शहरी विकास सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव र राजस्व सचिव सदस्य रहेको कार्यदल गठन गरिएको छ, जसले सवारी साधन व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछ।

आगजनीमा नष्ट भएका कार्यसम्पादन मुल्यांकन फारामलाई पुनः भर्ने व्यवस्था मिलाउने, सम्पत्ति विवरण पुनः संकलन गर्ने र नागरिकलाई प्रत्यक्ष सेवा दिने कार्यालयलाई प्राथमिकतामा राख्ने निर्णय पनि यसै बैठकले गरेको छ।

साथै, हालैका प्रदर्शनका क्रममा चोरी वा लुटिएका सामान फिर्ता बुझाउन जनतालाई सार्वजनिक आह्वानसमेत गरिएको छ।