२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन’ : प्रदेश प्रमुख देवकोटा

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनको सिलसिलामा भएका त्रुटि र कमीकमजोरीलाई संविधानको दोष दिनु नहुने बताएका छन् । उनले संविधान कार्यान्वयनमा भएका कमजोरीलाई दलहरूले स्वीकार गर्नुपर्ने र त्यसको जिम्मेवारी लिन सक्नुपर्ने बताए ।

संविधान दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले आफ्नो अनुहारमा लागेको धुलो मैलो पुछ्नुको सट्टा ऐना पुछ्नुले आफ्नो गल्ती नचिनिने टिप्पणी गरे । उनले जनताको अभूतपूर्व बलिदानबाट प्राप्त संविधान कानुनी दस्ताबेज मात्र नभएर जनभावना प्रस्फुटन गर्ने सजीव प्राणी सरह भएको उल्लेख गरे । प्रदेश प्रमुख देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता र मौलिक अधिकारहरूको सुनिश्चिततालाई आत्मसात् गरेको वर्तमान संविधान न्यायपूर्ण र समतामूलक समाज, राष्ट्रिय अखण्डता र एकताको पहरेदार भएको बताए ।

‘कार्यान्वयनको सिलसिलामा हामीले गरेका त्रुटि र कमीकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन ।’ उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलो मैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो । गल्तीहरू बारम्बार दोहोर्‍याउनु मूर्खता सिवाय अरू केही होइन ।’

वर्तमान संविधानको परिधिभित्र रहेर नै विकास, समृद्धि, सुशासन, र युवा पुस्ताको चासो र चाहनालाई साकार पार्न सकिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । संविधानको सर्वोच्चता न्यायमूलक समाजको अपरिहार्यता भएकोमा जोड दिँदै उनले कानुनी राज्यको उपहास हुने क्रियाकलाप कसैले गर्न नहुने बताए ।

प्रदेश प्रमुख देवकोटाले स्वाभिमान र स्वाधीनतामा कहीँ कसैसँग सम्झौता गर्न नहुने दाबी गरे । समारोहमा उपस्थित सबैलाई आ–आफ्नो तह र तप्काबाट सुशासन, पारदर्शिता, मितव्ययिता र जबाफदेहितालाई शिरोपर गरेर आम जनताले प्रत्यक्ष महसुस गर्ने गरी परिणाममुखी कार्यहरूमा जोड दिन उनले आग्रह गरे ।