काठमाडौँ । जेन जेड आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ पनि ठुलो क्षति भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधनहरू जलेको पाइएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार ३४६ सवारीमा क्षति भएको हो ।
जसमध्ये चार पांग्रे हेभी सवारी २४ वटा छन् । चार पांग्रे नै लाइट गाडी १०४ जना जलाइएको छ । दुई पांग्रे सवारी २१८ गरी ३४६ सवारी जलाइएको प्रहरीले बताएको छ ।
ठुलो मात्रामा सवारी जलेका कारण दैनिक पुलिसिङ तथा ड्युटीमा समेत असर परेको प्रहरीले बताउँदै आएको छ ।
केही संस्थाहरूले भने अहिले विभिन्न प्रहरी चौकी तथा बिटहरूलाई मोटरसाइकल हस्तान्तरण समेत गर्न थालेका छन् ।







