सुर्खेत । सुर्खेतमा तास खेलिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ६५ वर्षीय लक्ष्मी प्रसाद देवकोटासमेत ४ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ५ सय रुपैयाँ र २ बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







