काठमाडौँ । नयाँ शिक्षामन्त्रीका लागि केशर महलमा कार्यकक्ष तयार गरिएको छ ।
जेन जेड आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरवारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।
शिक्षामन्त्रीमा सिफारिस भएका महावीर पुनले राष्ट्रपति कार्यालय पुगे शपथ ग्रहण गरेका छन् ।
शपथ लिएपछि उनी कार्यभार सम्हाल्न केशर महल जादैछन् ।
मन्त्री पुनको स्वागतका लागि कर्मचारीहरू अहिले मन्त्रालय पुगिसकेका छन् ।







