२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“निजामती सेवा सजिलो छैन, इमान्दार रहन सक्नेहरू आऊँ” : नवप्रवेशीहरूलाई सहसचिवको सुझाव 

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका सहसचिव नरहरि घिमिरेले सार्वजनिक र निजामती सेवामा प्रवेश गर्न इच्छुक युवा–नवप्रवेशी तथा आकाँक्षीहरूलाई उस्तै उत्साह, जाँगर र परिश्रमप्रति सराहना गर्दै सेवा प्रवेश गर्दा र प्रवेशपछि सामना गर्नुपर्ने यथार्थ, अनौपचारिक प्रभाव र सम्भावित प्रलोभन तथा चुनौतीबारे विस्तृत रूपमा सचेत तुल्याएका छन् ।

उनले सुरुमा नवप्रवेशीहरूसँग हुने भेटघाट, सल्लाह र छलफलको स्मरण गर्दै भनेका छन् कि “यहाँहरूको सरकारी सेवामा प्रवेश गर्ने उत्साह, जाँगर र परिश्रमले मलाई आह्लादित बनाउँछ ।” विदेशिनुमा बाध्यता रहने युवाहरूको पृष्ठभूमि उल्लेख गर्दै उनले देशभित्रै जीवनयापन गरी राष्ट्र सेवा गर्ने चाहना र त्यसका लागि दिएको श्रम–परिश्रमले उनलाई प्रेरित गर्ने बताएका छन् ।

सहसचिव घिमिरेले सरकारी स्थायी सेवाका फाइदा र सकारात्मक पक्षहरू उदाहरणसहित उल्लेख गरेका छन् –रोजगारीमा स्थायित्व, निश्चित तलब, पेन्सन र सामाजिक सुरक्षा, पदोन्नति, तालिम र व्यावसायिक सीप बढाउने अवसर तथा समाजमा प्राप्त सम्मान र प्रतिष्ठा र ती कारणले धेरैले सेवा आकर्षक मान्ने कुरा स्वाभाविक ठानेका छन् । तर उनले “सरकारी सेवा केवल रोजगारी नभई जीवनभरको सुरक्षित भविष्य र राष्ट्र सेवा गर्ने अनुपम अवसर भएको बताएका छन् र यो अवसर बिना परिश्रम प्राप्त नहुने उनको भनाई छ । 

साथै स्पष्ट–सतर्क शैलीमा सेवा प्रवेश गर्दा र प्रवेशपछि देखिने कठोर वास्तविकताहरू खोल्दै सार्वजनिक सेवाभित्र केवल कानुन र औपचारिक प्रणालीले मात्र काम नचल्ने र त्यहाँ अनौपचारिक समूह, गुट, राजनीतिक र सामाजिक प्रभाव, क्षेत्रीयता, जात, थर, नातागोता र पैसाको शक्ति पनि ठूलो प्रभाव पार्ने गरेको उनको भनाई छ । उनले यी अनौपचारिक प्रभावलाई संगठनको कार्यसम्पादनमा बाधक र व्यक्तिको करियर तथा नैतिकतामाथि असर गर्ने तत्त्वको रूपमा व्याख्या गरेका छन् । 

सहसचिव घिमिरेले सेवा प्रवेशपछि देखा पर्ने अनैतिक अभ्यास र अवसरहरूको उदाहरण दिँदै लेखेका छन्: सरुवा–न्यायधीकरणमा अनियमितता, ठेक्का र खरिदमा मिलेमतो, सरकारी जग्गा र स्रोतको दुरुपयोग, राजपत्रमा सूचीकृत घरेलु उद्यम सम्बन्धी सुविधाको दुरुपयोग, भन्सारबाट गैर कानुनी छुट, दस्ताबेज संशोधन, बजार अनुगमनमा अनियमितता र मौका पाउँदा सार्वजनिक सम्पत्तिको फाइदा उठाउने प्रवृत्ति हाबी रहेको उल्लेख गर्दै यी सबै प्रलोभन र दबाब नयाँ–नवप्रवेशीलाई पनि पार्ने र तिनीहरूलाई लोभ र दबाबले विचलित गराउने सम्भावना हुने उनको भनाई छ । 

उनी स्पष्ट छन् –यदि कसैको मनमा “चाकडी गर्छु, सबै गर्छु, पेयड–पोष्टपेड–बाइ” जस्ता सोच छ र गैर कानुनी, अनैतिक मार्गबाट लाभ लिन चाहन्छ भने त्यस्ता व्यक्तिलाई सेवामा नआउन सुझाएका छन् । भन्छन्–गलत मार्गबाट आर्जित पैसाले दीर्घकालमा सन्तुष्टि दिँदैन र अन्ततः कानुनी कारबाही तथा जनताका नजरमा पर्दा व्यक्तिको भविष्य ध्वस्त हुन सक्छ । त्यसैले इमान्दार र नैतिक बल राख्न सक्नेहरू मात्र सार्वजनिक सेवामा आउनु उचित रहने उनको आग्रह छ ।

सहसचिव घिमिरेले यस्ता अवस्था र व्यवहारका कारणै सेवा प्रणालीप्रति जनविश्वास घटेको र निजामती सेवाको बदनाम भएको टिप्पणी पनि गरेका छन् । भन्छन्–सेवा भित्रका केही खराब मान्छेको कारण सम्पूर्ण निजामती सेवालाई बदनाम गरियो; तर समाजमा रहेका विकृतिले मात्रै होइन, हाम्रो शिक्षा प्रणाली, सामाजिक परिवेश र प्रविधि–भौतिकतावादले नैतिकता तथा निष्ठालाई कमजोर बनाएको कारण पनि यस्तो स्थिति सिर्जना भएको छ । यस सन्दर्भमा उनले रामायणको बालकाण्डका केही श्लोक उद्धरण गर्दै सामाजिक नैतिक पतनको दृश्य चित्रित गरेका छन् । 

घिमिरेले इमान्दार कर्मचारीहरू माथि हुने मनोवैज्ञानिक र संरचनात्मक दबाबको पनि चर्चा गरेका छन् । इमान्दार भएर काम गर्दा आफूमाथि हाँसो र तिरस्कार हुने, नयाँ विचार राख्दा रोकावट र हाँसो पर्ने र सुधारको प्रयास गर्दा तिनीहरूलाई टार्गेट गरिनेहरूका कथा सुनाएका छन् । यस्ता उत्पीडनका कारण कर्मशील युवामा जाँगर हराउने र सङ्गठनमा चाप्लुसी, अकर्मण्यता, भ्रष्टाचार जस्ता प्रवृत्तिहरू वृद्धि पाउने उनले औँल्याएका छन् । यसले अन्ततः सुधारको सम्भावना समाप्त हुने अवस्था निम्त्याउने उनको चेतावनी छ । 

समय–समयमा कार्यालयहरू र मन्त्रालयहरूमा देखिने सहकार्यको साटो “चाप्लुसी, पिठ्युँपछि छुरा रोप्ने, व्यक्तिगत फाइदा खोज्ने” प्रवृत्तिको पनि चर्चा गर्दै उनले भनेका छन् “निजामती सेवा ठूलो सङ्गठन भएकाले समाजमा रहेका विकृति सेवाभित्र पनि झल्किन पुग्छन्, त्यसैले सार्वजनिक सेवा समाजभन्दा राम्रो हुन सक्दैन।”

तर उदासीनता होइन, सहसचिव घिमिरेले आशा र आह्वान गर्दै भनेका छन्–सत्य, निष्ठा र नैतिकताको बल अन्ततः झुट र अनैतिक व्यवहारलाई पराजित गर्नेछ र “गुड फोर्सेज” को आत्मबल बलियो हुनुपर्छ । धैर्य र सत्यको जित हुनेमा उनको विश्वास प्रष्ट छ ।

नवप्रवेशीहरूका लागि उनले व्यावहारिक चेतावनी र सल्लाह पनि दिएका छन्–यदि तपाईँ राज्यले दिने तलब भत्ताले सामान्य जीवनयापन सम्भव छ र तपाईँ ३०–४० वर्षसम्म त्यही वातावरणमा रहेर राष्ट्र सेवा गर्न सक्ने व्यक्तित्वका हुनुहुन्छ, साथै माथिका दबाब र अपमान सहन सक्ने दृढता छ भने मात्र सार्वजनिक सेवामा प्रवेश गर्नुपर्‍यो । उनले थपेका छन् –त्यस्ता इमान्दार र कर्मठ व्यक्तिहरू पर्याप्त मात्रामा सेवामा भए मात्रै नै सार्वजनिक सेवाप्रति जनविश्वास फिर्ता लिन सकिनेछ र सरकार–जनताबीचको सम्बन्ध मजबुत बन्नेछ ।

अन्तिममा घिमिरे स्पष्ट शब्दमा भन्छन्–सार्वजनिक सेवामा आउनुहुन्छ भने इमान्दार, निस्वार्थ र निष्ठापूर्वक काम गर्ने मनोबल लिएर आउनुहोस्; यदि तपाईँ लोभ, लालच र गैर कानुनी मार्गबाट लाभ लिने तयारीमा हुनुहुन्छ भने यो सेवा तपाईँका लागि होइन । अन्त्यमा उनले आफ्ना पाठकलाई स्वतन्त्र निर्णय गर्ने अधिकारमा छाड्दै लेखेका छन् –“आगे तपाईँहरूकै मर्जी !”