२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

अ+ अ-

काठमाडौँ । भदौ २४ गते जेन जेडको आन्दोलनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा अराजक समूहले गरेको आगजनीमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

रुंगटाको घरमा घरेलु कामदारका रूपमा कार्यरत पर्साको सखुवा प्रसौनी गाउँपालिका-२ की ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएका हुन् । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार १०: २२ बजे उनको मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिका-१३ मा रहेको रुंगटाको निवास परिसरमा रहेका भवनहरू जेन जेड आन्दोलनले तोडफोड र लुटपाट गर्दै आगजनी गरेका थिए। त्यस बेला घरको तेस्रो तल्लाको छतमा रहेकी हजारा र अर्का एक युवकलाई जलेर गम्भीर भएको अवस्थामा महानगरपालिकाको वारुण यन्त्रको भर्‍याङको सहयताबाट उद्धार गरिएको थियो ।

गम्भीर घाइते हजरालाई तत्कालै वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरिएको थियो । तर, त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । त्यही उपचारका क्रममा सोमबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।