काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले जिम्मेवारी सम्हाले लगत्तै दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्दै आफ्नो कार्यकालको सुरुआत गरेका छन्।
उनले गरेको पहिलो निर्णयअनुसार, आर्थिक नियमावलीअनुरूप ठूला पुँजीका आयोजना तथा कामहरूको नापजाँच प्रतिस्पर्धात्मक प्रक्रियामार्फत गराउने गरी समिति गठन गरिएको छ। यससँगै, १० औँ तहभन्दा माथिका कर्मचारीहरूको सरुवासम्बन्धी प्रावधान संशोधन गरी सो अधिकार कार्यकारी निर्देशकलाई नै दिने प्रस्ताव गरिएको छ।
यससँगै दसैँ–तिहारका लागि नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका सिलवालले उद्योग क्षेत्रबाट उठ्न बाँकी विद्युत् बक्यौता असुली गर्ने कार्य अघि बढाइने स्पष्ट पारेका छन् ।
सिलवालको प्रारम्भिक निर्णय र प्रतिबद्धतालाई प्राधिकरणभित्रै ऊर्जा क्षेत्र सुधारको संकेतका रूपमा हेरिएको छ।







