काठमाडौँ । नवनियुक्त गृह सचिव रामेश्वर दंगालले बुधबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गृह प्रशासन अन्तर्गतका सबै कर्मचारीलाई उच्च मनोबलसहित जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
सचिव दंगालले मुलुकमा शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै, “गृह प्रशासनलाई थप सुदृढीकरण गर्दै सुशासन र शान्ति सुरक्षामा म नेतृत्व गर्छु, तपाईँहरूले सहयोग गर्नुहोस्,” भन्दै आह्वान गरेका हुन्।
उनले जेन जेड आन्दोलनका क्रममा भएको नोक्सानीलाई पुन:निर्माण गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै, जनताले गृह प्रशासनमाथि ठूलो भरोसा राखेकाले त्यसलाई उच्च मोरलसहित पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।
दंगाल मङ्गलवार मात्रै रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भई आएका थिए ।







