काठमाडौँ । नेकपा माओवादी केन्द्रमा पार्टीको सबै तहमा २५ प्रतिशत जेन जेड प्रतिनिधित्व गर्न माग गरेका छन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको सबै तहमा २५ प्रतिशत जेन जेड प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै जेन जेड कार्यकर्ताले आज पत्र बुझाएका हुन्।
‘जेन जेडको मागहरू प्रति हाम्रो पार्टीले सुरुमै सहमति जनाएको र हाम्रो पार्टीले उठाउँदै आएको मागहरू भएकोले यो पुस्ता नै हो जो अबको नेपालको राजनीतिमा निर्णायक भूमिकामा छ यसो गर्दा पार्टी पुनर्गठनमा हामी मुख्य भूमिकामा आएर समग्र राजनीतिक, वैचारिक, साङ्गठनिक रूपमा पार्टीलाई जेन जेड पुस्ताको नेतृत्व तहसम्म लैजान्छौँ भन्ने कुरा गम्भीरतापूर्वक लियोस् ।’ पत्रमा उल्लेख छ।








