२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो, दैनिक लाखौँको आर्थिक कारोबार

अ+ अ-

खोटाङ । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा सहरबाट जिल्ला भित्रिने सर्वसाधारणको बिहानदेखि राति अबेरसम्म चहलपहल बढेको हो ।

चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए । “सबै व्यापारीलाई तोकिएको दरमा सामान बिक्री गर्न र ग्राहकलाई सकेसम्म छुट दिन आग्रह गरेका छौँ । व्यापारीले पनि धेरै नाफा कमाउनेभन्दा सुपथ मूल्यमा सामान बिक्री गरिरहेका छन्”, उनले भने, “केही दिनअघिसम्म सुनसान रहेको दिक्तेलबजार पछिल्ला दुई दिनदेखि ग्राहकको भीड निकै बढेको छ । यसले व्यवसायीको कारोबार राम्रो भइरहेको छ ।”

जिल्लामा कुखुराको अन्डा उत्पादन कम भएकाले तराईबाट ल्याउनुपर्दा मूल्यमा केही वृद्धि भएको व्यापारीले बताएका छन् । यस्तै खानेतेलको मूल्य पनि केही बढेको र अन्य उपभोग्यवस्तु भने सुपथ मूल्यमै बिक्री भइरहेको वाणिज्य संघले जनाएको छ । 

गत वर्षको तुलनामा यस वर्ष व्यापार/व्यवसायमा धेरै सुधार भएको व्यापारीहरू बताउँछन् । चाडपर्वमा खपत हुने सामानको बिक्री बढी भएको र ग्रामीण क्षेत्रबाट समेत उपभोक्ता आएकाले कारोबार बढेको उनीहरूको भनाइ छ । स्थानीय उपभोक्ताले पनि दसैँ नजिकिँदै गर्दा बजारमा सामानको विविधता र आपूर्ति सहज भएको अनुभव गरेका छन् । तर, कतिपयले भने अन्डा र तेलजस्ता केही सामानको भाउ बढेको गुनासो गरेका छन् ।

जिल्लास्थित सरोकारवाला निकायले चाडपर्वका बेला बजार व्यवस्थापन, मूल्य नियन्त्रण र उपभोक्ताको सुरक्षामा अझ ध्यान दिनुपर्ने बताएका छन् । ग्रामीण भेगमा सञ्चालित पसलमा म्याद नाघेका अखाद्यवस्तु बिक्री भइरहेकाले त्यसतर्फ ध्यान दिन सरोकारवाला निकायले आग्रह गरेका छन् ।

चाडपर्वका अवसरमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न अनुगमन तथा सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित हाटबजार तथा पसल अनुगमन गरिरहेका छन् । 

चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जिल्लाका तीन स्थानमा सुपथ मूल्यको पसलसमेत सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता चाडपर्वलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिक्तेलबजारसहित ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । 

जिल्लामा खोलिएका सुपथ मूल्यको पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय र खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो ।