उदयपुर । उदयपुरगढी गाउँपालिका-७ कमानबाट अवैध लागू औषध गाँजा करिब ११ किलो ८ सय ५२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिला देवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित शनिबार बिहान पक्राउ गरेको हो ।
यस्तै, बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कोठिया गाउँ बस्ने २४ वर्षीय रोहित थारू र २२ वर्षीय रूपेश थारू रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित शुक्रबार साँझ पक्राउ गरेको हो ।
हाल उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







