काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन्।
हालै भएको अभिभावकको बैठकमा उनले राजीनामा दिएको जानकारी गराइएको हो। जेन जेड आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी हुँदा व्यापक क्षति भएको थियो ।
राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्ष मात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ ।







