काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले जेन जेड आन्दोलनका क्रममा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।
काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र-१ क्षेत्रीय कार्यसमितिले शनिबार बाह्रविसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता बस्नेतले यस्तो बताएका हुन् ।
उनले जेन जेड आन्दोलनका क्रममा प्रहरीले मात्रै नभए अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए।
जेन जेडको माग सकारात्मक रहेको भन्दै उनले आन्दोलनका क्रममा विभिन्न शक्तिले घुसपैठ गरेको हुनसक्ने दाबी गरे । उनले मुलुकको पछिल्लो अवस्थामा पनि काँग्रेसले उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।







