काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीले जेन जेड आन्दोलनमा आगजनी गरिएका सवारी साधन जलेर थुप्रिएको फोहोर सफाइ गरेका छन् ।
दसैँ बिदाको अघिल्लो दिन आइतबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा कर्मचारीले संघीय संसद् सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरेका हुन् ।
भदौ २४ गतेको जेन जेड आन्दोलनमा भवन नम्बर २ परिसरमा रहेका सवारी साधनमा आगजनी गरिएको थियो । आगजनीबाट १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट भएका छन्







