२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँमा राष्ट्रपति पौडेलको शुभकामना, शान्ति र समृद्धिको कामना

अ+ अ-

काठमाडौँ, १३ असोज: राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमता अपनाई आवश्यक सहयोग र सहकार्य गर्न आह्वान गरेका छन् ।

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँ-२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् । उनले मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र विभिन्न क्षेत्रमा भएको भौतिक क्षतिको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको पनि औंल्याए ।

बडादसैँलाई शक्ति, भक्ति र श्रद्धाको पर्वका रूपमा मनाउने परम्परा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसले नेपालीबीच पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले भने, “दसैँलाई असत्यमाथि सत्यको विजयको पर्वका रूपमा लिइन्छ। यस पर्वले न्याय, समानता, आर्थिक समृद्धि, सामाजिक एकता र आपसी सद्भावलाई बलियो बनाउन टेवा पुर्‍याउने छ।”

राष्ट्रपतिले बडादसैँको अवसरमा सबै नेपालीबीच श्रद्धा, सम्मान र हार्दिकताको आदान–प्रदान हुने परम्पराले सांस्कृतिक एकता र राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै, वर्तमान राजनीतिक अवस्थाबाट छिट्टै उन्मुक्ति प्राप्त गरी राष्ट्रको समग्र कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै उनले मुलुकमा शान्ति, स्थायित्व, सुशासन र समृद्धिको शुभकामना गरे ।