२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षा र पहिरोका कारण छ ठाउँमा राजमार्ग अवरुद्ध

अ+ अ-

काठमाडौँ । अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेको जानकारी दिए।

उनका अनुसार बिहान ९ बजेसम्मको विवरणअनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सोही जिल्लाको मकालु गाउँपालिका-३ एकुवामा पनि अविरल वर्षाका कारण कोशी राजमार्ग बन्द रहेको छ। यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ।

रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा बाढीका कारण सडक खुल्न सकेको छैन। यसले नेपाल–चीन जोड्ने नाका सञ्चालनमा असर पुर्‍याइरहेको छ। त्यस्तै, रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध बनाएको छ। प्रहरीका अनुसार पहिरो पन्छ्याउने प्रयास जारी छ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ एककिलोमा आइतबारदेखि परेको वर्षासँगै आएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका-२ बाह्रकिलोमा खसेको पहिरोका कारण पनि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी घिमिरेले दिए ।

प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आएको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा आएको छ।