२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ कालिका मन्दिरमा भित्र्याइयो फूलपाती 

अ+ अ-

काठमाडौँ । बडादसैँको सातौँ दिन आज तनहुँको व्यास नगरपालिका-स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष झैँ यस वर्ष पनि विधिपूर्वक कालिका मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

बाजागाजासहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइएको हो । चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालयका प्रहरीले लिएर गएको डोली कालिका मन्दिरमा भित्र्याइएको हो । 

त्यसअघि बिपी वनबाटिकास्थित बेलको रुखमा पूजाआजा गरिएको फूलपाती व्यवस्थापन समितिका संयोजक एवं सहिद कालिका जंगल पार्कका निवर्तमान अध्यक्ष ईश्वरबहादुर विष्टले जानकारी दिए ।

फूलपाती भित्र्याउने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शुक्रबार शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

कालिका मन्दिरको व्यवस्थापनमा प्रत्येक वर्ष फूलपाती भित्र्याउने परम्परा रहँदै आएको छ । बागभञ्ज्याङ सामुदायिक वनको बीचमा अवस्थित मन्दिर रहेको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करिब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका सहिद शान्ति पार्क पर्दछ । यही पार्कभित्र रहेको मन्दिरमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् ।