२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७ वर्षमा समावेशी कोटाबाट निजामती सेवामा २५ हजारभन्दा बढी स्थायी नियुक्ति

आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ हजार ६६ जना उम्मेदवार समावेशी विज्ञापनमार्फत सिफारिस भएका छन्।

अ+ अ-

काठमाडौँ । पछिल्लो १७ वर्षको अवधिमा २५ हजार २१८ जना उम्मेदवार समावेशी कोटाबाट स्थायी रूपमा निजामती सेवामा प्रवेश गरेका छन्।

लोक सेवा आयोगको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार, विक्रम संवत् २०६४ सालदेखि लागू भएको समावेशी व्यवस्थाले महिलादेखि आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका तथा पिछडिएको क्षेत्रका नागरिकलाई सरकारी सेवामा अवसर दिएको हो।

समावेशिता शुरु भएको आर्थिक वर्ष २०६४/०६५ मा महिला ३६६, आदिवासी जनजाति २४५, मधेसी १८३, दलित ८४, अपाङ्ग ३३, पिछडिएको क्षेत्रबाट १७ गरी जम्मा ९२८ जना समावेशी विज्ञापनबाट सिफारिस भएका थिए । सो वर्ष खुल्ला विज्ञापनबाट २,२२८ जना सिफारिस भएका थिए । 

आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ हजार ६६ जना उम्मेदवार समावेशी विज्ञापनमार्फत सिफारिस भएका छन्। यसमध्ये महिलातर्फ ३४१, आदिवासी जनजाति २८२, मधेसी २४८, दलित १०४, अपाङ्गता भएका ४९ र पिछडिएको क्षेत्रका ४२ उम्मेदवार रहेका छन्।

प्रतिवेदन अनुसार, समावेशी समूहका उम्मेदवार खुला प्रतिस्पर्धाबाट समेत सिफारिस हुँदै आएका छन्। यसरी १७ वर्षमा सबै समूहलाई समेट्दा २५ हजार २१८ उम्मेदवार स्थायी नियुक्ति पाएको तथ्याङ्कले देखाएको छ।