२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइयो

अ+ अ-

काठमाडौँ। पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइएको छ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौमा १४२ जना नेपालीको शव नेपाल ल्याइएको हो। जसमा साउनमा ४३ जना र भदौमा ९९ जनाको शव नेपाल ल्याइएको थियो।

बोर्डको खर्चमा भने ८३ जनाको शव विदेशबाटै नेपालसम्म ल्याइएको थियो भने बाकी शवहरू सम्बन्धित कम्पनी तथा अन्य निकायको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याएको थियो।

बोर्डले साउनमा ३९ जना र भदौमा ४४ जनाको शव झिकाइको थियो। बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव घरसम्म नि:शुल्क रूपमा पुर्‍याउँदै आएको छ।

कम्पनीले शव नेपाल पठाउन आर्थिक सहयोग गरेको खण्डमा बोर्डले नै शव घरसम्म पुर्‍याउने व्यवस्था गर्दै आएको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ८६ जनाको शव ढुवानी गरिएको थियो भने ४८१ जनाको शव विदेशबाट झिकाइएको थियो।

दुई महिनामा २६८ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको थियो। जसमा साउनमा १४२ र भदौमा १२६ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर मृत्यु भएका नेपाली कामदारको शव विदेशबाट झिकाउने र एयरपोर्टबाट घरसम्म नि: शुल्क रूपमा ढुवानी बोर्डले नै गर्दै आएको छ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई बोर्डले १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

त्यस्तै, अंगभंग तथा बिरामी भएका श्रमिकको हकमा ७ लाखसम्मको उपचार खर्च प्रदान गर्दै आएको छ। बिरामी भएको व्यक्ति नेपालमा उपचार गरेको हुनुपर्ने सर्त तोकिएको छ।