२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा उच्च सतर्कता : असोज २० सम्म हिमाली क्षेत्रमा जोखिम, सतर्क रहन प्रशासनको आग्रह

अ+ अ-

मनाङ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशभर निरन्तर वर्षा हुने सम्भावना रहेकाले मनाङ जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय, मनाङले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ-“असोज २० गतेसम्म मनसुन सक्रिय रहने भएकाले मनाङ लगायत हिमाली क्षेत्रमा असिना, पहिरो तथा बाढीको जोखिम बढ्ने सम्भावना रहेको छ। त्यसैले स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि तथा नागरिकहरू सतर्क रहनु आवश्यक छ।”

प्रमुख जिल्ला अधिकारीनवराज पौड्‍यालद्वारा जारी सूचनामा विशेषगरी भोर्तेथान्ताल, ताचेखोला, काङ्सारखोला, भिम्को र तिलिचो लगायतका हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, स्वास्थ्य कार्यालय तथा पर्यटनसँग सम्बन्धित संघ-संस्थाहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

पौड्यालका अनुसार उद्धारका लागि आवश्यक जनशक्ति, स्वास्थ्य सामग्री, औषधि, खानेपानी तथा सञ्चार उपकरणहरू तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ।

जिल्ला प्रशासनले कुनै पनि आकस्मिक घटना वा विपद्‌सम्बन्धी जानकारी तुरुन्तै सुरक्षा निकाय वा प्रशासनलाई सम्पर्क गर्न अनुरोध गरेको छ।