२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षाका कारण विपद् जोखिम बढ्दै गर्दा जनसहयोग र संयमता अपनाउन रास्वपाको आह्वान 

अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम उच्च भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका सरकार, निकाय र नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

रास्वपाले शुक्रवार विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागले कोशी, महाकाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा थप वर्षा हुने सम्भावना औँल्याएको भन्दै सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार सावधानी अपनाउन, नदी तथा खोलानजिकका क्षेत्रका बासिन्दाले सुरक्षित स्थानतर्फ सर्ने र राहतका सामग्री तयारी अवस्थामा राख्न आग्रह गर्दछौँ।”

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले हस्ताक्षरित विज्ञप्तिमा मानवीय सेवा र उद्धारका कार्यमा संलग्न सम्पूर्णलाई आत्म सुरक्षा र संयमका साथ सहयोगमा जुट्न अनुरोध गरिएको छ। पार्टीले केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहका सबै समिति, विभाग र सदस्यहरूलाई ‘र्‍यापिड एक्सन टिम’ सहित सक्रिय रहन निर्देशन दिएको छ।

रास्वपाले सबैलाई स्वयं सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न र आवश्यक सहयोगमा जुट्न आह्वान गरेको छ।