२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा बिद्युत सेवा सुचारु

अ+ अ-

काठमाडौँ । बाढी पहिरोका कारण अवरुद्ध बनेको बिद्युत सेवा इलाममा ३६ घण्टा पछि सुचारु भएको छ । 

प्राधिकरण इलामले झापाको धुलाबारीस्थित पुरानो सर्किटमार्फत वैकल्पिक व्यवस्था मिलाए पछि सोमबार साँझबाट इलाममा बिद्युत सेवा सुचारु भएको हो ।

नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख बिजुली प्रसाद यादवले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजार, फिक्कल बजार, मंगलबारे बजार सहितका केही ठाउँमा बिजुली बाल्न सफल भएको बताए ।  

क्षतिग्रस्त बिद्युतको मर्मत गरी ३६ घण्टामा बजार क्षेत्रमा सोमबार साँझदेखि विद्युत् आपूर्ति नियमित भएको उनको भनाइ छ । प्रमुख यादवका अनुसार काबेली करिडोर प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । इलाम जिल्लामा बिहीबार राति ११ बजेदेखि विद्युत् अवरुद्ध भएको थियो ।

ग्रामीण क्षेत्रमा ११ हजार भोल्टका लाइनमा भएको क्षति र ठाउँ-ठाउँमा पोल तथा ट्रान्सफर्मर ढलेका कारण पूर्ण रूपमा विद्युत् आपूर्ति गर्न अझै केही दिन लाग्नेछ । बाढीले काबेली करिडोरको १३२ केभी प्रसारण लाइनको टावर ढालेको थियो । 

काबेली करिडोर १३२ केभी प्रसारण लाइन जिल्लामा ११ हजार भोल्टका धेरै पोल ढलेका छन् । केही ठाउका  ट्रान्सफर्मरमा पुगेको छ । बाढीले झापाको पाडाजुुंगीबाट इलामतर्फ ल्याइएको काबेली कोरिडोरका दुई वटा विद्युत् टावरमा बाढीले क्षति पुगेपछि इलाममा विद्युत् सेवा अवरुद्ध भएको थियो । 

इलाम जिल्लामा जलविद्युत् आयोजना सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । जसमा ४।५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत् आयोजना इलाम जिल्लाका छन् ।