काठमाडौँ । सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरिएको छ ।
उनी बिदा स्वीकृत नगराई गत साउन १४ गतेदेखि लगातार पन्ध्र दिनसम्म कार्यालयमा हाजिर नभएको पाइएको छ । उक्त विषयमा गृह मन्त्रालयले सचिव स्तरको निर्णय अनुसार सिटौलालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरेको हो ।
मन्त्रालयका अनुसार सिटौलालाई विभागीय सजाय गर्नु नपर्ने भए बाटोको म्याद बाहेक सात दिनभित्र कारणसहित सफाइ पेस गर्ने मौका दिइएको छ ।








