२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एकलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

अ+ अ-

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ ।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट यस्तो घोषणा गरेका हुन् ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ६ दर्जन बढीले सहादत प्राप्त गरेका थिए ।

‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्ने छौँ,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिने छौँ, पुनर्निर्माण गर्ने छौँ, आशा, सहानुभूति र सम्मान सहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौँ ।’

प्रबन्ध निर्देशक चौधरीका अनुसार रोजगारी प्रक्रियाका लागि सिजी टिमले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको छ । यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने छ ।

प्रबन्ध निर्देशक चौधरीले यस्तो घोषणा गरे पनि जेनजी आन्दोलन क्रममा निजी क्षेत्रतर्फ सीजीमा पनि अधिक क्षति पुर्‍याइएको थियो ।

जेनजी आन्दोलनका कारण सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो ।